वीरगञ्जमा आधुनिक प्रकृतिको अक्सिजन प्लान्ट निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वीरगञ्जमा आधुनिक प्रकृतिको अक्सिजन प्लान्ट निर्माण हुने

वीरगञ्ज, २ कार्तिक । नारायणी अस्पताल वीरगञ्जमा आधुनिक प्रकृतिको अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का सांसद बिमल प्रसाद श्रीवास्तबको निबासमा भएको सर्वपक्षीय छलफलमा त्यस्तो सहमति भएको छ ।

अक्सीजन प्लान्ट निर्माण को लागि आफ्नो संसदीय बिकास क्षेत्र कोषबाट सांसद श्रीवातस्तले २ करोड दिने बताउनु भएको छ । नपुग ४० लाख जत्ति वीरगञ्ज महानगर पालिका ले लगानी गर्ने सहमति भएको छ ।

कोरोना लगायतका रोगहरुबाट ग्रसित बिरामीहरुलाइ हरेक बेडमा पाइपको माध्यामले अक्सिजन पास हुने र आवश्यक समाप्त भएपछि आफै बन्द हुने प्रबिधी जडान हुने भएको छ । आफैं अक्सिजन उत्पादन र सप्लाइ हुने प्रबिधीको जडान सैगै यसभेगमा अन्यत्र बाट अख्सिजनको सिलिण्डर मगाएर सप्लाइ गर्ने पृुरानो परम्पराको अन्त्य हुनुका साथै बन्द र हडतालमा समेत सिलिण्डरको अभावमा रोगीहरु बच्ने अपेक्षा गरिएको छ ।

यसै गरी विद्युतीय शवदाह गृहको लागि पनि बिमल प्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषबाट नै १ करोड रुपैयाँ दिने हुनु भएको छ । महानगर पालिकाले शवदाह गृह संगै आर्यघाट को मास्टर प्लान १ महिना भित्र बनाइने नगर प्रमुख सरावगीले बताउनु भएको छ ।

सर्वपक्षीय बैठक मा सांसद बिमल प्रसाद श्रीवास्तव, बीरग्न्ज महानगर पालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेसका सभापति अजय द्धिबेदी, जसपाका अध्यक्ष रामनरेश यादब, प्रदेश सभाका सदस्य भिमाकुमारी यादब, अस्पताल बिकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजय कुमार ठाकुर, नेपाल पत्रकारम महासंघका सभापति श्याम बन्जारा, नागरिक समाजका अगुवा महेश दासको सहभागिता रहेको थियो । बैठकले आधुनिक शवदाह निर्माणको लागि पनि योजना अघि बढाउने सहमति गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);