२४ घण्टामा १ हजार ८ सय जना संक्रमित कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

२४ घण्टामा १ हजार ८ सय जना संक्रमित कोरोनामुक्त

काठमाडौं, १ कार्तिक । पछिल्लो २४ घन्टामा १ हजार ८ सय जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताउनुभयो । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।

शनिबार देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टीनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);