जो बाइडेनद्वारा ट्रम्पसँगको टेलिभिजन बहस अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

जो बाइडेनद्वारा ट्रम्पसँगको टेलिभिजन बहस अस्वीकार

ट्रम्पले कोरोनालाई संक्रमणलाई हल्का रुपमा लिएको आरोप

एजेन्सी , २१ असोज । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै बाइडेनले केही गरी अझै पनि ट्रम्प संक्रमित नै भए दोस्रो टेलिभिजन बहस गर्न नहुने उहाँले बताउनुभएको हो ।

बाइडेनले राष्ट्रपति ट्रम्पलाई अझै पनि कोभिड रहेको भए बहस गर्न नहुने भन्दै उहँले कडा दिशानिर्देशनको पालना गनपर्ने बताउनुभयो । आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ ।

१ अक्टोबर बिहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उहाँको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);