काठमाडौँ, १९ असाेज । उपत्यकामा आज १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ११ सय ७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २३ सय ५०७ जना संक्रमित थपिएको जानकारी दिनुभएकाे छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।




