होम आइसोलेसन बस्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

होम आइसोलेसन बस्नेको संख्या बढ्दै

काठमाडाैं, १९ असाेज । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार २३ हजार ५ सय ७ जना सक्रिय संक्रमितमध्ये १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय ३२ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा १ हजार ७ सय ५१, प्रदेश २ मा ४ सय ७६, प्रदेश ५ मा १ हजार २ सय ९६, सुदूरपश्चिम प्रदेशमा ४ सय २१, गण्डकी प्रदेशमा ५६५ र कर्णाली प्रदेशमा २७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);