नेपालमा एकैदिन २२ सय ५३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नेपालमा एकैदिन २२ सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ असोज । नेपालमा आइतबार थप २२ सय ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २२ सय ५३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

आइतबार देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय २९, प्रदेश नम्बर २ मा ५ सय ४१, बागमती प्रदेशमा ७ हजार ६ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ९६, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३५ गरी देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५०, प्रदेश नम्बर २ मा ५ सय ५८, बागमती प्रदेशमा ७ हजार १ सय ५३ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय २, कर्णाली प्रदेशमा २ सय ८० र सुदूरपश्चिम प्रदेशमा ४ सय १८ गरी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

Kathmandu
उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण
२४ घण्टामा १३ सय २९ जना संक्रमित डिस्चार्ज

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);