राज्यले राहतको व्यवस्था नगरेको यातायात व्यवसायीको गुनासो (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

राज्यले राहतको व्यवस्था नगरेको यातायात व्यवसायीको गुनासो (भिडियो)

दाङ, १४ असोज । दाङमा लामो समयदेखि अवरुद्ध रहेको यातायात क्षेत्र संचालनमा आएको छ । यातायात सञ्चालनमा आए पनि कोभिड १९ का कारण थलिएको यातायात क्षेत्रलाई राज्यले राहतको व्यवस्था नगरेको यातायात व्यवसायीको गुनासो छ ।

असोज १ गते देखि दाङमा लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन् । लामो समयसम्म घरमै पार्किङ गरि राखेर खिया लागेका सवारी साधन मर्मत गरी संचालन गरिए पनि यो अवधिमा गाडीको किस्ता तिर्न नसक्दा बैँक र साहूहरूसँग लिएको ऋण र व्याज बुझाउन कठिन रहेको यातायात व्यवसायीको गुनासो छ ।

सरकारले स्वास्थ्य मापदण्ड पुरा गरेर ५० प्रतिशत भाडा बृद्धि गरेर चलाउन अनुमति दिए पनि व्यवसायी भने रित्ता सार्वजनिक बस चलाउन बाध्य रहेको चालक चुडाबहादुर विक बताउँछन् । कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा सवारी साधनका चालकहरुले संक्रमणको जोखिमकाबीच पनि घर परिवारको दैनिक चलाउनका लागि नियमित काममा फर्किएको चालक सुरेन्द्र केसीले बताए ।

दाङका बसपार्कबाट छुट्ने सवारीका यात्रुलाई दैनिक जसो मास्क वितरण गर्ने गरिएको छ, यात्रुलाई सचेतनामुलक जानकारी दिने गरेको यातायात संचालकहरुको भनाई छ । लामो समय रोकिएको सेवा शुरु भएपछि सर्वसाधारण पनि खुसी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);