आईपीएलः कोलकत्ता नाइट राइडर्सकोे दोस्रो जित, ३७ रनले राजस्थान रोयल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आईपीएलः कोलकत्ता नाइट राइडर्सकोे दोस्रो जित, ३७ रनले राजस्थान रोयल्स पराजित

एजेन्सी, १५ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २÷२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले ४७, आन्द्रे रसेलले २४, नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक÷एक विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जाड्दै लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);