कर्मचारी भर्नाको बाटो खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्मचारी भर्नाको बाटो खुल्ला


प्रदेश २, १२ असाेज । प्रदेश २ मा सरकारले प्रदेशमा प्राबिधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । सोमबार भएको प्रदेशको मन्त्रीपरिषद बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ ।

प्रदेश निजामति सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्ने स्वीकृति दिएको हो । त्यसैगरि सो बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएकोछ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);