चितवन, ९ असोज। सरकारले बडादशैंको अवसरमा चितवनका २१ कैदीलाई कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई लिन आउन आफन्तहरुको भीड लागेको जिल्ला कारागार चितवनले जनाएको छ ।
कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दामा जेल परेका ६ जना परेका छन् भने त्यस्तै हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ ।
यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार जानकारी दिएको छ। आचरण राम्रो देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको कारागारको भनाई थियो ।
जिल्ला कारागार चितवनले ३० जनालाई आम माफीका लागि सिफारिस गरेकामा २१ जनाले माफी पाएका हुन् । यसअघि अघिल्लो वर्ष संविधान दिवसमा १७ जना र दशैँमा पाँच जना कैदी छुटेका थिए । गएको गणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए ।