काठमाडौं, १० असोज । पछिल्लो २४ घन्टामा थप ११ सय ४७ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।