काठमाडौं, १० असोज । पछिल्लो २४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १२ सय ७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
शनिबार देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ४७, प्रदेश नम्बर २ मा ८ सय ७९, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ र गण्डकी प्रदेशमा ५ सय ८६ जना रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ५ सय २ गरी देशभरी ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७०, प्रदेश नम्बर २ मा ७ सय ४२, बागमती प्रदेशमा ५ हजार ८ सय ८० र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा १ जहार ६ सय ७८, कर्णाली प्रदेशमा २ सय २४ र सुदूरपश्चिम प्रदेशमा १ सय ५४ जना गरी देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
आज १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ गरी ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन् ।