गाउँपालिकालेनै गर्‍यो वन फँडानी | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

गाउँपालिकालेनै गर्‍यो वन फँडानी

rukh taskari

बाँके, ७ असोज । पछिल्लो समय सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही हुँदै आईरहेको छ । राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहको विकास निर्माणमा भ्रष्टाचार बढ्दो क्रममा छ । यस्तै भ्रष्टाचार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा पनि रहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा ब्यापक रुपमा वन फँडानी भएको छ । सामुदायिक वन उपभोक्त समूहले अनुमति विना नै केही समय अघी उक्त क्षेत्रमा रहेका सिसौं लगायत बहुमूल्य प्रजातिका रुखविरुवा अवैध रुपले काटेको हो । समुहले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाले आफ्नो कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

उक्त समूहले डिभिजन वन कार्यालयसँग कटान आदेश तथा स्वीकृती नलिई अवैध रुपमा रुख काटेको हो । कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले बिक्री, वितरण गरिसकेको बुझिएको छ । नवदुर्गा भगवती सामुदायिक वन समूहले गाउ सभाको भेला मार्फत बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विगाह क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको थियो ।

गाउँपालिका र क्याम्पसलाई भौतिक संरचना बनाउन दिने निहुँमा उपभोक्ता समूहले अहिले आएर अवैध कटान गरेको हो । ३०÷३५ बर्ष पहिले देखि जमिन उपभोग गर्दै आईरहेको र अहिले गाउपालिकाले उत्त जमिनमा तारजाली लगाई अतिक्रमण गरेको स्थानीयले बताएका छन ।

वन उपभोक्ता समूहले काटेका रुखलाई तत्कालै व्यवस्थापन गरिए पनि रुखका ठुटा भने अहिले ताजै छन् । रुख काटिएको स्थान अहिले उजाड बनेको छ । गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो लगानीमा तारबार गरेको छ । गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा भने थुप्रै रुखविरुवा रहेका छन् । गाउँपालीकाबाट सफाई गरिदिनु भनेर चिठीपत्र आएकाले रुख काटेको सामुदाकि वन समुहका चौकीदारले यम बहादुर खत्रीले बताए ।

तर बैजनाथ गाउँपालिका बाँकेका प्रवक्ता गुमान बहादुर दमाइ भने वन उपभोक्ता समुहले गाउँसभा बोलाई सर्वदलिय निर्णय गरेको हुनाले रुख कटान गरेको बताउँछन् । यता डिभिजन वन कार्यालयले भने जिल्ला डिभिजन वन कार्यालय बाँके सँग स्वीकृती र अनुमती नलिई काम गरेको बताउँछन् ।

वन फडानी सम्बन्धी सूचना पाएपछी सव डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख राम कुमार चौधरीलाई छानबिन गर्न पत्र पठाईसकेको डिभिजन वन कार्यालयका अधिकृत राजु क्षेत्री बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);