नेपाल चीन सिमाको ११ नम्बर पिल्लर गायव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल चीन सिमाको ११ नम्बर पिल्लर गायव

हुम्ला नाम्खाको ९ वटा भवन चीनकै भूमीमा भएको दुतावासको दावी

बटुकराज गिरी ।
काठमाडौं, ७ असोज ।
काठमाडौंस्थित चिनियाँ दूतावासले हुम्लाको नाम्खा गाउँपालिकास्थित लाप्चामा चिनियाँ पक्षले बनाएको ९ वटा भवन चीनकै भूमिमा भएको बताएको छ । बुधबार चिनियाँ दुतावासले एक विज्ञप्ती जारी गर्दै नेपाली भूमिमा भवन निर्माण भएको भए फिर्ता गर्न तयार रहेको आशय व्यक्त गरेको छ ।

बुधबार चिनियाँ पक्षले नेपाली भूमि मिचेको मिडियामा प्रचार भएपछि फेरि एकपटक नेपालमा तरंग पैदा भएको छ । काठमाडौंका केही स्थानमा त गो ब्याक चाइना भन्दै केहीले प्रदर्शनसमेत गरेका छन् । तर मिडियामा आएको जस्तो वास्तविकता नभएको नाम्खा गाउँपालिकाका अध्यक्ष् बिष्णुबहादुर तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले जिल्ला प्रमुखसहितको टोलिले स्थलगत अवोलकन गरिरहेको र यसको यथार्थ के भन्ने जानकारी आएपछि आधिकारिक हुने बिष्णुबहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार यो क्षेत्रको नेपाल चिन सिमाको ११ नम्बर पिल्लर समेत विगत १३ वर्षदेखि हराइरहेको छ ।

त्यस्तै यस विषयमा हुम्लाका सहायक जिल्ला अधिकारी दत्तराज हमाल ले सूचना पाएपछि अध्ययन भइरहेको र अध्ययन पछिमात्रै वास्तविकता बताउन नसकिने बताउनुभयो । दूतावासले भने बुधबार विज्ञप्ति जारी गरेर उक्त भवन भूमि चीनकै भूमीमा रहेको दावी गरेको छ । तिरै पर्ने प्रष्ट भएपछि भवन निर्माण गरिएको बताएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);