नारायणी अस्पतालमा बहिरंग लगायत अन्य सेवाहरु सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नारायणी अस्पतालमा बहिरंग लगायत अन्य सेवाहरु सुचारु

narayani-Birgunj-Hospital

बीरगञ्ज, ५ असाेज । बीरगञ्जको नारायणी अस्पतालमा बहिरंग लगायत अन्य सेवाहरु सुचारु भएको छ । पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरुमा महंगो मुल्य तिरेर उपचार गराई रहेका स्थानियलाई नारायणी अस्पतालको सेवा सुचारु भएपछि राहत मिलेको छ ।

समुदाय स्तरमै फैलिएको कोरोना प्रभावको बावजुत बिशेष सुरक्षा अपनाएर बहिरंग लगायत अन्य सेवाहरु सुरु भएको अस्पतालले जनाएको छ । सेवाग्राहिको चाप बढ्दै गएको भएपनि अहिले दैनिक २५ जनाको मात्र उपचार भईरहेको छ ।

हट स्पटको रुपमा परिचीत बीरगञ्जमा अब बिस्तारै सबै बिभागमा बिरामीको चाप बढाउदै लैजाने तयारी भएको छ । नारायणी अस्पतालमा चिकित्सक पनि कोरोना संक्रमित भएकोले जनशक्ति अभावका कारण दैनिक २५ जनालाई मात्र भएपनि उपचार गर्न सुरु गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);