जापानमा बस दुर्घटना : १० नेपाली घाइते ५ को अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ९ असोज । जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो ।

गम्भीर घाइते हुनेमा मीना केसी, मीना श्रीश मगर रुपन्देही, लक्ष्मी चालिसे सुवेदी बाग्लुङ, रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । मीना श्रीस मगर बस्न नसक्ने गरी गम्भीर घाइते छिन् ।

दुर्घटनामा घाइते भएका २२ जना मध्ये १० नेपाली र अन्य चिनीयाँ, भियतनामी र फिलिपिन्सी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);