कुलमान पुन:नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन : उर्जामन्त्रीको सचिवालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कुलमान पुन:नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन : उर्जामन्त्रीको सचिवालय

काठमाडौं, १ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन रहेको जानकारी दिएको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभएको हो । उहाँले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले छिट्टै निर्णय गर्ने आशासमेत व्यक्त गर्नुभएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);