जाजरकोटमा वडा सचिवको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

जाजरकोटमा वडा सचिवको मृत्यु

जाजरकोट, ३१ भदौ । जाजरकोटको नलगाड नगरपालिकामा कार्यरत वडा सचिवको मृत्यु भएको छ । नगरपालिकाको १० नं वडा कार्यालयमा कार्यरत वडा सचिव कबिराम रोकाको बुधबार बिहान रोली भन्ने ठाउमा सुतेकै अबस्थामा मृत्यु भएको हो ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ छिबाङ निवासी २६ बर्षे रोका कार्यक्षेत्रमा खटिएको बेला निधन भएको हो । केही दिन देखि ज्वरो आउने, श्वास फेर्न गार्‍हो हुने, लगाएतका समस्या उनमा देखिएको थियो ।

मृतक रोकाको श्वाब संकलन गरि प्रयोगशाला चौरजहारी,सुर्खेत पठाउने तयारी भैरहेको छ ।

Leave a Reply

ताजा समाचार