बुटवल, २७ भदौ । रुपन्देहीमा एक दिनमा अहिले सम्मकै ठुलो संख्या १ सय२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ७५ जना पुरुष र ५१ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
जस अनुसार बुटवल उपमहानगरमा सबै भन्दा बढी ५७ जना संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा ४५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि सियारी गांउपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकाका ६ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणीमा ४ जना र ओमसतियामा २ जना नयाँ संक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमितसँगै रुपन्देहीमा संक्रमितको संख्या १६ सय ३० जना पुगेको छ भने जिल्लामा १५ जनाको मृत्यु भएको छ ।
