राजविराज नगरपालिकामा ३६ घण्टापछि पुन: मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

राजविराज नगरपालिकामा ३६ घण्टापछि पुन: मतगणना सुरु

local election

सप्तरी , ८ असोज । शुक्रबार राती १ बजेदेखि रोकिएको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको मतगणना पुन: सुचारु भएको छ ।

वडा नं १ कै मगतणनामा विवाद भएपछि शुक्रबार राति १ बजेदेखि त्यहाँ मतगणना रोकिएको थियो। विवादपछि पुन मतगणनाको माग गरेसँगै मतगणना रोकिएको थियो ।

प्रारम्भिक मतगणनामा संघीय समाजवादी पार्टीका भीमराज यादव अगाडि देखिएका थिए। त्यस्तै, दोस्रो स्थानमा राजपाका शम्भुप्रसाद यादव, तेस्रोमा एमालेका सुखराम यादव र चौंथो स्थानमा माओवादी केन्द्रका अनिश अन्सारी थिए।

विवादपछि रोकिएको मतगणनालाई गति दिन थप १२ कर्मचारी समेत थपिएको निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले बताएका छन् ।