सिरहा, ८ असोज । सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादव विजयी भएका छन्। विजयी उम्मेदवार अशेश्वरले ९ हजार २ सय ३४ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेका डा. नविन यादवले ९ हजार ६३ मत पाए।
उपमेयरमा भने एमालेकी नमिता यादव विजयी भएकी छन्। उनले ९ हजार १ सय ६१ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमकी शोभादेवी मण्डलले ८ हजार ९ सय ९० मत प्राप्त पाएकी थिईन्।