एजेन्सी,२४ भदाै। यूरोपेली नेसन्स लिग युईएफए फुटबलमा विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज विहान सकिएको खेलमा फ्रान्सले विश्वकपकै उपविजेता भएको क्रोएशियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
क्रोएशियाले १६ औं मिनेटमा अग्रता लिएको थियो ।डेजान लोभ्रेनको गोल मार्फत अग्रता लिए पनि त्यो जोगाउन भने असफल रह्यो । फ्रान्सका लागि ग्रिजम्यानले ४० औं मिनेटमा पहिल गोल गर्दै खेलमा फर्काएका थिए । डोमेनिक लिव कोविचले आत्मघाति गोल गरेपछि फ्रान्सले पहिलो हाफमै २–१ को अग्रता बनायो ।
५५ औं मिनेटमा जोसप बेरेकलले गोल गर्दै क्रोएशिया २–२ को बराबरीमा आएको थियो । ६५ औं मिनेटमा डायोट उपमाकोनोले फ्रान्सलाई ३–२ को अग्रता दिलाए ।ओलिभर जिराउडले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको ४–२ को जित सुनिश्चित गरे । समूह तीनको अर्को खेलमा पोर्चुगलले स्विडेनलाई ४–० ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।