काठमाडाैं,२१ भदाै । एनसेल आजियाटा लिमिटेडले २०७६ को माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थिहरुकालागि विषेश अफर ‘पहिलो सिम‘ ल्याएको छ ।
यो योजनामा एसईईका विद्यार्थिहरुले एक रुपैयाँमा प्रिपेड सिम खरीद गर्नुका साथै निशुल्क माई फाईभ सेवा र बोनस डेटाको फाईदा लिन सक्नेछन् ।
पहिलो सिम लिनकोलागि विद्यार्थिको एसईई परिक्षाको प्रवेशपत्र, नागरीकता वा अभिभावकको नागरीकताको फोटोकपी आवश्यक पर्ने छ । एसईई सकेका विद्यार्थिकालागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न योजना ल्याएको एनसेल आजियाटाले जनाएको छ ।