नेपालकै पहिलो ठूलो भट्मास उद्योग स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालकै पहिलो ठूलो भट्मास उद्योग स्थापना

डडेल्धुरा,२१ भदाै । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको डडेल्धुरामा जनस्तरबाट सञ्चालन हुने नेपालकै पहिलो ठूलो भट्मास उद्योग स्थापना भईरहेको छ । यसै क्षेत्रमा भट्मास उत्पादन गरी भट्मासलाई प्रशोधन गरी विभिन्न वस्तु उत्पादन गर्ने उद्देश्यकासाथ उद्योग संचालनमा ल्याउन लागिएको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका २ मा जनस्तरको लगानीबाटै ठूलो उद्योग स्थापना भइरहेको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्लामा उत्पादन हुने भट्मासलाई प्रशोधन गर्ने उदेश्यले उद्योग संचालनमा आएको हो ।

कृषकहरुले पहाडी जिल्लामा उत्पादन हुने भट्मास तराई तथा भारतमा सस्तो मूल्यमा बिक्री गर्दै आएकोमा अब डडेलधुरामै प्रशोधन हुने भएको । कृषिमा आधुनिकीकरणसँगै औद्योगीकीकरणका लागि यो उद्योग एक प्रतिनिधिमूलक हो । कृषि उपजको कच्चा वस्तु सस्तोमा निर्यात भन्दा आन्तरिकरुपमा औद्योगिक उत्पादन गर्न र रोजगारी बढाउन उद्योग स्थापना भएको हो ।

तीन वर्ष पहिलेदेखि आन्तरिक तयारीमा रहेको फारवेस्टर्न एग्रो जाईन्ट लिमिटेडले अहिले भौतिक पूर्वाधारको जोहोमा छ । अमरगढी नगरपालिका १ मा १ करोड भन्दा बढी रकममा २० रोपनी जमिन खरिद गरी भौतिक संरचना निमार्ण गरिरहेको छ । सुदूरपश्चिमका ६५स्थानीय तहमा लामो छलफलपछि उद्योग संचालनका लागि शेयर संकलन गरिएको हो ।

उद्योग स्थापना भएपछि यहाँका किसानले भट्मासको उचित मुल्य पाउने तथा कम्पनीमा धेरै युवा जनशक्तिले रोजगारीको अवसर हुने अपेक्ष गरिएको छ।
सरकारले डडेल्धुराका ७ स्थानीय तह मध्ये ४ स्थानीयतहमा भट्मास जोन लागु गरेको छ । तर बजारको संम्भावना पहिल्याउन नसक्दा कृषकहरु समस्यामा पर्दै आएका थिए ।

अब यस क्षेत्रमा उद्योग संचालनमा आएपछि उचित मूल्य पाउने भएका छन् ।साथै उद्योग संचालनमा आएपनि कृषि क्षेत्रमा थप लगानी समेत बढ्नेछ , लगानी बढेसंगै रोजगारी पनि अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);