प्रकाश नेपाल
पाल्पा, १८ भदौ । पाल्पाको रामपुर नगरपालिका ४ टुनीभन्ज्याङ्गमा ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । आज बिहान बुटवलबाट रामपुर तर्फ आउँदै गरेको बागमती प्रदेश—०३—००१—००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाही जिल्ला बागमती नगरपालिका ७ घर भएका ३० वर्षका सन्तोष गहतराजको मृत्यु भएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ट्रक कालीगण्डकी करिडोरका लागि तार जाली सहित सामान लिएर रामपुर आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।