अबैध कपडासहित भारतिय मोटरसाइकल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

अबैध कपडासहित भारतिय मोटरसाइकल पक्राउ

वीरगञ्ज,१४ भदौ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पकहा मैनपुरले अबैध कपडासहित भारतिय मोटरसाइकल पक्राउ गरेको छ ।

गएराति एक बजे पकहा मैनपुर गाउँपालिकाको वडा नं. १ धोरेस्थित सिमा क्षेत्रबाट बिआर ० एसआर ६९६३ नम्बरको भारतिय मोटरसाइकलसहित एक बोरा कपडा बरामद गरिएको विओपी पकहा मैनपुरका सशस्त्र प्रहरी निरिक्षक अमृत केशीले वताए ।

प्रहरी गस्ती टोलीले कुर्ता सुरुवाल, साडी, ब्यालाउज भएको एक बोरा कपडासहित मोटरसाइकल बरामद गरेको प्रहरी निरिक्षक केशीले जानकारी दिए । बरामद भएको कपडा करिब रु ५० हजार मूल्य बराबरको रहेको उनले जनाए ।

तर स्थानियहरुका अनुसार राती १० बजे कै करिबमा सशस्त्र प्रहरीले तस्करसहित कपडा र मोटर साइकल पक्राउ गरेको थियो । पछि सशस्त्र प्रहरीले मान्छेलाई छोडेर अवैध कपडा र मोटसाइकल मात्र भन्सार बुझाएको हो ।

बरामद गरिएको कपडा र भारतिय नम्बरको एसपलेन्डर मोटरसाइकल भन्सार बुजाइएको प्रहरी निरिक्षक केशीलेसमेत जानकारी गराए । प्रहरी गस्ती टाेलीलाई देख्ने वितिक्कै तस्कले कपडा र माेटरसाइकल छाेडी भागेकाे हुन सकने उनकाे भनाई थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);