समकक्षी व्यवस्थापकहरुका लागि चुनौती बनेका कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

समकक्षी व्यवस्थापकहरुका लागि चुनौती बनेका कुलमान घिसिङ

काठमाडौं, १० भदौ । सरकार सम्बद्ध सार्वजनिक संस्थानका प्रशासकहरुकै लागि चुनौतीपूर्ण बन्दै गएको नाम हो, कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थानहरु विगतदेखि नै जनताको नजरमा प्रभावी देखिन नसकेको पृष्ठभूमिमा नेपाल विद्युत प्राधिकरणमा उदाएका कुलमान घिसिङले जनतालाई राम्रैसँग प्रभावित गरिदिए ।

देशका सबै तह र तप्काका जनताको मानसपटलमा एकछत्र राज गर्न सफल यी व्यवस्थापकलाई जनताले के कारणले यति धेरै रुचाएका होलान ? विगतदेखि भ्रष्टाचारको कारण उठ्नै नसक्ने अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरणबाट केही हुन सक्छ र नेपालीले सहजै उज्यालोको आभास पाउन सक्छन भन्ने कुराको पूरै आशा मारिसकेका थिए । त्यसमाथि २०७२ सालको भूकम्पले लथालिंग बनाएको विद्युतीय संरचना पूर्ववत अवस्थामा आउन समेत थुप्रै वर्ष लाग्ने अनुमान गरिएको थियो ।

सामान्यतया दुई दिनमा दुई चार घण्टा बत्ती आउँदा खुशीयालीको महसुश गर्नुपर्ने अवस्थामा पुगेका नेपाली जनताले एउटा असल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकै कारण विद्युत प्राधिकरणले कुलमानलाई पाएको थोरै अवधिमै नाटकीय सफलता देख्न पाए । अर्बाैको इन्भर्टर र सोलारको व्यापारबाट मनग्य कमाउने अनि पहुँचवालालाई मात्र विद्युतको सहज आपूर्ति गर्ने भ्रष्ट व्यवस्थापकले गर्दा नै देशमा लोडसेडिङ भएको वास्तविकता जनताले सजिलै थाहा पाए ।

कुलमानको कामलाई नरुचाउने विद्युत प्राधिकरण भित्र र बाहिर रोइलो देखियो । जनता अझ बढी कुलमानसँग नजिक हुन पुगे । उनलाई काम गर्ने थप हौसला प्राप्त भयो । जनता साथमा भएकाले उनका विरोधी तत्वहरु आफसेआफ पाखा लाग्न बाध्य भए । अदृश्य शक्तिको पनि केही लागेन । यही राम्रो महौलसंगै कुलमान अघि बढी रहे । अनि निरास कार्यक्षमताले गर्दा जनमानसमा मुख देखाउनै नसक्ने अवस्थामा पुगेका विद्युत प्राधिकरणका कर्मचारी र एकाएक उज्यालोको महसुस गर्न पाएका नेपाली जनताका अगाडि यी व्यवस्थापक अत्यन्त प्रिय र श्रद्धाका पात्र बन्न पुगे ।

एक समारोहमा पद्मा मिडिया ग्रुप अन्तर्गतको बिजनेस प्लस टेलिभिजनले आयोजना गरेको सिईओ अवार्डमा तीन वटा ट्रफी चुम्न सफल यी व्यवस्थापक, वास्तवमा जनताको नजरमा कति श्रद्धेय रहेछन, यस्ले सजिलै देखाउँछ । अहिले उनको चार वर्षे कार्यकाल करीब करीब सकिन लागेको छ । तर चिन्ता उनलाई पटक्कै छैन । जनताले नै चिन्ता गरिदिएपछि उनलाई चिन्ता लिनुपर्ने आवश्यकता नै परेन । जनता न्यायाधीश हो, न्यायाधीशको पैmसला मान्नु सबैको निमित्त बाध्यात्मक छ ।

कुनै पक्षले अवज्ञा गरेमा जनअदालतको अवज्ञा सबैभन्दा ठूलो अवज्ञा हो भन्ने सबै पक्षले बुझ्न जरुरी छ । उनले गरेका नराम्रा काम भए सरकारले सार्वजनिक गर्नुपर्छ । अन्यथा उनलाई काम गर्ने वातावरण पुन दिनु पर्छ । राम्रो काम गर्ने कुलमानलाई हटाएर होइन, काम गर्न नसक्नेहरुलाई कुलमान बन्न प्रोत्साहन गरेर मात्र सरकारी संस्थाहरुलाई पुनर्जीवन दिन सकिन्छ । अथाह सम्भावनै संभावना भएर पनि नेपाल वायुसेवा निगम थला परेको छ ।

जनतासँग एकलौटी पैसा असुल गर्ने आयल निगमले आफ्नो क्षमता प्रदर्शन गर्न सकेको छैन । टेलिकमको अवस्था पनि सोचे जस्तो छैन । यस्तो अवस्थामा यी सबै संस्थाहरुमा जनताले बाहवाह गर्ने कुलमानहरु जन्माउन सकियो भने, आकस्मिक सफलता प्राप्त गर्न सकेको विद्युत प्राधिकरणकै स्तरमा यिनीहरुलाई समेत अघि बढाउन सकियो भने देशकै लागि ठूलो उपलव्धी हुनसक्छ । आपूm राम्रो बन्न नसक्ने अनि राम्रो भनाउन खोज्ने प्रवृत्ति हावी हुँदै गएको वर्तमान प्रशासकीय वातावरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । सरकारका एक पात्र, जसलाई जनताले यति धेरै रुचाई दिएका छन, त्यसप्रति सरकारले गौरब गर्न सक्नुपर्छ ।

अहिलेको अवस्थामा विद्युत सहज आपूर्ति हुन नसकेर लोडसेडिङ कायमै रहेको भए सरकारको लोकप्रियता कहाँ हुन्थ्यो ? यो सफलतालाई सरकारले नजर अन्दाज गर्न हँुदैन । नजरअन्दाज गर्ने प्रवृत्तिले कुशल व्यवस्थापकको मनोबल बढ्दैन । हरेक नियुक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको छ भन्ने जनताको आरोप छ । यसलाई पनि सरकारले चिर्न सक्नुपर्छ । त्यसो त विद्युत प्राधिकरणको वर्तमान नेतृत्वप्रति सरकारको सकारात्मक सोच रहेको भन्ने बाहिर आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);