बार्सिलोनाले मेस्सीका लागि तोकेको रकम अहिलेसम्मकै सबैभन्दाबढी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

बार्सिलोनाले मेस्सीका लागि तोकेको रकम अहिलेसम्मकै सबैभन्दाबढी

एजेन्सी, ८ भदौ । बार्सिलोनाले कप्तान लियोनल मेस्सीलाई क्लव छाडन दिनका लागि ६३ करोड १० लाख पाउण्ड रकम तोकेको छ । मेस्सीले बार्सिलोना छोड्ने निर्णयमा पुगेमा उनलाई किन्ने क्लवले ६३ करोड १० लाख पाउण्ड तिर्नुपर्ने बार्सिलोनाले जनाएको छ । मेस्सीले क्लब छाड्ने चर्चा चलिरहेकोबेला बार्सिलोनाले उक्त किर्तिमानी रकम तोकेको हो । ६ पटक विश्वका उत्कृष्ट खेलाडी भएका मेस्सीले बार्सिलोनासँगको सम्झौता एक बर्ष बाँकी हुँदै तोड्न सक्ने चर्चा चलिरहेको छ ।

बार्सिलोनाले तोकेका मुल्य विश्व फुटबलमा कुनैपनि क्लवका लागि तिर्न सजिलो छैन । बार्साले राखेको यो मुल्य २०१७ मा ब्राजिलका नेयमारले फ्रान्सको पिएसजिबाट पाएको भन्दा तीन गुणा बढि हो । पछिल्लो पटक मेस्सीलाई भित्र्याउन इटालीको इन्टर मिलान, इंग्ल्याण्डको म्यानचेस्टर सिटी र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी इच्छुक देखिएका छन । इंग्ल्याण्डका म्यानचेस्टर युनाइेटड र चेल्सी पनि मेस्सीलाई आबद्ध गर्ने होडमा छन । केहि दिन अघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंगको कुराकानीमा मेस्सीले आफ्नो भविष्य बार्सिलोना भन्दा बाहिर रहेको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);