दाङमा पानीमा डुबेर २ बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

दाङमा पानीमा डुबेर २ बालिकाको मृत्यु

दाङ, २ भदौ । दाङमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँ निवासी मनोज चौधरीको १५ महिनाको छोरी आस्था चौधरीको मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ५ बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोमा डुवेर पछि उनको उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

त्यस्तै गढवा गाउँपालिका ४ खजरौटा निवासी मोहमरजा मियाकी १ बर्षीया छोरी सल्माखातुन मियाको सोमबार बेलुका डुबेरमृत्यु भएको छ । खातुन घरको आगनमा राखेको बाल्टिको पानीमा डुबेपछि उनको स्थानिय मेडिकलमा उपचारको क्रममा सोमबार साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);