सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु 

काठमाडौं। सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माईती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिला देवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);