बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु 

काठमाडौं। बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८  वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो । पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्याङजाको गल्याङ नगरपालिका–६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार मृत्यु भएको छ ।

सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र डुबेर अशक्त भएकी थिइन् । उनीहरुलाई तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);