नाइजेरिया सेनाकाे कारबाहिमा थुप्रै बोको हराम लडाकूकाे मृत्यू | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

नाइजेरिया सेनाकाे कारबाहिमा थुप्रै बोको हराम लडाकूकाे मृत्यू

एजेन्सी,२ भदाै । नाइजेरिया सेनाले मुलुकको उत्तरपूर्वी राज्य बोर्नामा गरेको हवाइ आक्रमणका विद्रोहि समूह हरामका थुप्रै लडाकू मारिएको दावी गरेको छ ।

नाइजेरिया सेनाका प्रवक्ता जो इन्जेले उत्तरपूर्वी राज्य बोर्नामा विद्रोहि समूह बोको हराम विरुद्ध गरिएको हवाइ कारबाहिमा थुप्रै लडाकू मारिएको दावी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त आक्रमणमा विद्रोही समूहका सैन्य गतिविधि, बन्दोबस्तीका सामान तथा अन्य महत्वपूर्ण दस्तावेजहरु क्षतिग्रस्त भएको सरकारी सेनाको दावी छ । नाइजेरियामा जारी हिंसा अन्त्यका लागि आतंकवादी र अन्य आपराधिक तत्वहरुको उन्मूलन गर्न आफ्नो प्रयासलाई निरन्तरता दिने सेनाले जनाएको छ ।

विद्रोही समूह बोको हरामले उत्तरपूर्वी नाइजेरियामा इस्लामी राज्य स्थापनाको माग गर्दै सन् २००९ देखि शसस्त्र विद्रोह गरिरहेको छ । बोको हरामले अन्य देशहरुमा पनि आफ्ना सैन्य गतिविधिलाई बिस्तार गर्दै आक्रमणका श्रृंखलाहरु जारी राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);