राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप हुँदै

काठमाडौं, १ भदौ । प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ । नुवाकोट मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको अनुमती मा आगामी २०७७ भाद्र १० गते देखि १५ गते सम्म आयोजना गर्ने भएको हो ।

कोभिड-१९ कारणले केहि महिना देखी खेलकुदको खुला गतिविधी बन्द भएको अवस्थामा कोभिड-१९ लाई मध्यनजर गर्दै अनलाईन भिडियो मार्फत भर्चुअल च्याम्पियनसिप आयोजकले गर्ने भएको छ । नतिजा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रिय टेक्निकल कमिटीबाट भदौ 20 गते नतिजा प्रकाशित हुने आयोजक नुवाकोट मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष मनोज लामाले बताउनुभयो ।

उक्त भर्चुअल च्याम्पियनसिपमा बिजेता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र प्रथम विजेतालाई रु. १०,०००, दोस्रो विजेतालाई रु.७,५०० र तेस्रो विजेतालाई रु. ५,००० नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रायोजक हेल्थ एन्ड एजुकेशन नेपालको अध्यक्ष जगत बहादुर लामाले गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);