काठमाडौं, २७ साउन । सूचना तथा प्रसारण विभागले पत्रकारहरुको प्रेसपास नवीकरण लागि विवरण बुझाउने म्याद भदौ पहिलोसाताबाट पुनः शुरु हुने जनाएको छ । मंगलबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसंगको भेटमा विभागका महानिर्देशक किरणराज शर्माले पत्रकारहरुको प्रेसपास नवीकरण लागि विवरण बुझाउने म्याद भदौ पहिलो साताबाट शुरु पुनः थप गरिने बताउनुभएको हो ।
यस अघि बिवरण बुझाउने समय असार मसान्तसम्म तोकिएको थियो । विवरण बुझाउनका लागि केही दिन भित्रै सूचना प्रकासन गरिने उहाँको भनाई छ । शर्माले भदौ पहिलो साताबाट महिनाको अन्तिमसम्मका लागि म्याद थपको योजना रहेको बताउनु भयो ।
महासंघको टोलीले पत्रकारहरुको प्रेसपास नवीकरण लागि विवरण बुझाउने म्याद थप, अनलाइन दर्ता, नवीकरण, श्रमजीवी पत्रकारहरुले पारिश्रमिक पाए नपाएको विषयमा ध्यान दिन महानिर्देशक शर्मासंग आग्रह गरेको थियो ।