मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? : सह–महामन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? : सह–महामन्त्री महत

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको क्रियाशिल सदस्यहरुको संख्या नतोकिँदासम्म महाधिवेसन सम्बन्धी आचारसंहिता नलाग्ने बताउनुभएको छ ।

पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि पनि सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाले आचारसंहिता विपरित काम गरेको आरोप लगाउँदै आएको छ । सह–महामन्त्रि महतले भने वडाहरुले सदस्यहरुको नामावली बुझाएपछि सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने दाबी गर्नभयो । उहाँले नामावली सार्वजनिक भएपछि मात्रै अचारसंहिता लाग्ने उल्लेख गर्नुभयो ।

महतले पार्टी सभापति देउवाले पार्टी विधानमा भएको व्यवस्था अनुरुप नै बिभिन्न विभाग गठन गरेको दाबी गर्नुभयो । कांग्रेसको १४ औ महाधिवेशन आगामी फागुनमा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);