बरुवाको छहरामा मृत भेटिएका पुरुषको शव निकालियो (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बरुवाको छहरामा मृत भेटिएका पुरुषको शव निकालियो (अपडेट)

सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाको छहरामा मृत भेटिएका एक पुरुषको शव निकालिएको छ । असार २० गते मृत भेटिएका उनको शव निकाल्न भौगोलिक विकटताले कठिन भएको थियो । बुधबार नेपाली सेनाको सहायताले शव निकालेर आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

पाँचपोखरी गाउँपालिका २ बरुवाका वर्ष ५५ को कामी लामा थिङको शव खुड्कोलो खोलाको छहराको मुनि खोलाको बीचमा भेटिएको थियो । उनी साउन १९ गते घरवाट देउताको थानमा पुजा गर्न जान्छु भनी ढ्याङ्ग्रो बोकी निस्की हिँडेको तर घर फर्की नआएकोमा २० गते स्थानीय र आफन्तले खोजतलास गर्दा हात र टाउको मात्र देखिएको अबस्थामा खोलामा मृत भेटिएका थिए ।

मानेखर्कबाट प्रहरी टोली गएतापनि भौगोलिक विकटताका कारण उनको उद्धार हुन सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);