वीरगञ्ज अपडेट : मेयरमा घट्यो मतान्तर, उपमेयरमा ७ सय भन्दा बढि मतले कांग्रेस अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

वीरगञ्ज, ७ असोज । वीरगञ्ज महानगरपालिकाको १९२१९ मतको गणना सकिँदा नेपाली कांग्रेस र राजपाबीच कडा प्रतिष्पर्धा देखिएको छ। नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजपाभन्दा ४० मतले मात्रै अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले ३९६० मत पाउँदा उप मेयर उम्मेदवारले ४६२४ मत पाए ।त्यस्तैगरी राजपाका मेयर पदका उम्मेदवारले ३९२० मत पाएका छन् भने उप मेयरका उम्मेदवारले ३२२९ मत ल्याए।

कांग्रेस र राजपाका मेयर पदका उम्मेदवारबीच ४० मतको मात्रै अन्तर देखिएको छ भने उप मेयरमा राजपाका उम्मेदवार भन्दा ७०४ मतले कांग्रेस उम्मेदवार अगाडि छन्।