काठमाडौं, २० साउन । जनस्वास्थ्य विज्ञहरुले काठमाडौं उपत्यका सहित देशभर कोरोना संक्रमणदर बढेपछि सावधानी अपनाउन सरकारलाई सुझाव दिएका छन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफलमा विज्ञहरुले दुई हप्ता बन्दाबन्दी बढाउने देखि कर्फ्यू लगाउनुपर्नेसम्मका सुझाव दिएका हुन ।
छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लक डाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो ।
तयसैगरी जनस्वास्थ्यविज्ञ डाक्टर समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो ।
विज्ञसंगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद र स्वास्थ्य मन्त्रालयसंग छलफल गरेर आगामी कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । देशभरी नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो ।