सीमा समस्या समाधान गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले दिए सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सीमा समस्या समाधान गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले दिए सरकारलाई सुझाव

pm-office-baluwatar

काठमाडौं, २४ कात्तिक । तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास नै महत्वपूर्ण विकल्प भएको बताउदै यस्तो सुझाव दिएका हुन् । बैठकपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्रीसँग समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताउनुभयो ।

बैठकमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उच्चस्तरको राजनीतिक र प्राविधिक समिति गठन गरेर सीमा समस्यामा समाधानका लागि प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग संवाद गर्नुपर्ने बताउनुभयो । समस्या समाधानका लागि तत्काल अग्रसरता देखाउनुपर्नेमा उहाँको भनाइ थियो ।

यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाली सीमा मिचिएको विषयमा सबै राजनीतिक दल र सरोकार भएका सबैले एकमतले विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका स्थान नेपालको नै भएकामा कुनै दुविधा नरहेको भन्दै सरकारले सबै पक्षसँग संवाद गरेर साझा धारणा बनाउन गरेको प्रयास सकारात्मक भएको उल्लेख गर्नुभयो ।

बैठकमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले तथ्य र प्रमाणका आधारमा नेपालले आफ्नो भूमिको रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वपक्षीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, लगायतको उपस्थिति थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);