आर्थिक र सामाजिक गतिविधि सहज बनाउन विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आर्थिक र सामाजिक गतिविधि सहज बनाउन विज्ञको सुझाव

काठमाडौ, २२ जेठ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको छलफलमा आर्थिक र सामाजिक गतिविधि सहज गर्न विज्ञहरुले सुझाव दिएका हुन् ।

कोरोना संक्रमितको दर बढीरहेको अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञको सुझाव रहेको जनाइएको छ ।

करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मीको सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);