बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढ्दै

काठमाडौं, १९ साउन । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो ।

सोमबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट एसिड आक्रमण हुने तथ्याङ्क रहेको बताउनुभयो । उहाँले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको उल्लेख गर्नुभयो ।

महानिरीक्षक थापाले प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरुप बनाउने हिसाबले २ वटा एसिड आक्रमणका घटना घटेको पाइएको बताउनुभयो । बैठकमा महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले एसिड विक्रि वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने पनि बताउनुभयो ।