नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । पार्टीमा देखिएको विवादको निकास निकाल्न आइतबार भएको छलफलमा कुनै ठोन निर्णय नभएपछि आजपनि छलफललाई जारी राखिएको हो । छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङको सहभागीता रहेको बताइएको छ ।

साउन १३ गते ओलीद्वारा एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र दाहालले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरु राखेर बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा छलफल भएको थियो । छलफलमा ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने विषयमा सहमति बन्न नसकेको बताइएको थियो । दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको हो ।

गत असार १० गतेबाट शुरु भएको बैठक दुवै नेताबीच सहमति बन्न नसक्दा प्रभावित बन्दै आएको छ । बहुमत स्थायी कमिटी सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको हो । ओलीले भने दुवै पद नछाड्ने अडान राख्दै आउनुभएको छ । स्थायी कमिटीले पार्टीभित्रको अन्तरबिरोध समाधान गर्न नसकेको भन्दै नेकपाका १ सय ५२ जना केन्द्रिय कमिटि सदस्यले केन्द्रीय कमिटिको बैठक माग गर्दै अध्यक्षद्वयलाई हस्ताक्षर समेत बुझाइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);