एफए कपको उपाधिका लागि आज चेल्सी र आर्सनल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

एफए कपको उपाधिका लागि आज चेल्सी र आर्सनल भिड्दै

fa cup final

एजेन्सी, १७ साउन । इंग्ल्याण्डको पुरानो फुटबल प्रतियोगिता इंग्लिस फुटबल एसोशीएसन एफए कपको फाइनलमा आज चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा हुदै छ । लण्डनका यी दुई फुटबल क्लब बीचको खेल ऐतिहासिक वेम्बले रंगशालामा आज बेलुकी नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।

आर्सनललले सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै एफए कप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको हो । यसैगरी सेमिफाइनलमा म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै चेल्सीले आर्सनलसंग उपाधि भिडन्त पक्का गरेको हो । दुबै टोली जारी सिजनमा पहिलो उपाधि जित्ने दाउमा छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थान हात पारेर चेल्सी आगामी सिजनको युरोपीयन च्याम्पियन्स लिगमा छनौट भईसकेको छ । यो सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गरेको आर्सनललाई युरोपा लिगमा छनौट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);