वीरगञ्ज महानगर : कांग्रेसले बढायो मतान्तर, पछिपछि राजपा, यस्तो छ मत परिणाम | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

पर्सा, ५ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ। कांग्रेसलाई राजपाले पछ्याइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदी ३४१३ मतका साथ अग्रस्थानमा छन् भने उप मेयरमा पनि कांग्रेसकै उम्मेदवार शान्ति कार्की ४००० मतका साथ पहिलो पहिलो स्थानमा छन्।

त्यस्तैगरी राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंह ३२०६ मतका दोस्रो स्थानमा छन् भने उपमेयर रम्भा मिश्रले २८१० मत पाएकी छन्। त्यस्तैगरी संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेदवार विजयी सरावगी २८४४ तथा उप मेयर पदकी उम्मेदवार पिंकी यादवले २७७६ मत पाएकी छन्।

माओवादीका मेयर पदका उम्मेदवाररहबर अन्सारीले २१२६ मत ल्याउँदा एमालेका उम्मेदवार बसुरुद्दिन अन्सारीले १७४७ मत पाएका छन्।

ताजा समाचार