खूशीयाली मनाउन नपाउँदै विजयी उम्मेदवारको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

खूशीयाली मनाउन नपाउँदै विजयी उम्मेदवारको निधन

Death body

सप्तरी, ५ असोज । सप्तरीको स्थानीय तह निर्वाचनमा विजयी भएकी एक जनप्रतिनिधिको सपथ निधन भएको छ। सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको आज बिहीबार बिहान निधन भएको हो। उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिईन्।

बुधबार बिहान विजयी भएकी उनको बिहीबार बिहान आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ । उनको हृदयघातबाट निधन भएको हो । निर्वाचित भएपछि गाउँमा खुशियाली साटासाट गर्दै आएकी उनको बिहीबार बिहान एक्कासी हृदयघात भएर निधन भएको प्रहरीले जनाएको छ। उनी २२५ मत ल्याएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);