नेपालमा थप २ सय १० जना नयाँ कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

नेपालमा थप २ सय १० जना नयाँ कोरोना संक्रमण

corona press meet 31

काठमाडौं, १४ साउन । बुधबार नेपालमा २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी २ सय १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । संक्रमितमध्ये काठमाडौ उपत्यकाका १५ जना रहेका छन ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कुल संक्रमित मध्ये १४ हजार २१ जना उपचारपछि निको भएर घर फर्किएका छन । अहीले देशैभरी गरेर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेशनमा रहनेको संख्या ५ हजार २ सय ३ छ । हालसम्म नेपालमा कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ ।