नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

today gold rate in enepal

काठमाडौं, १३ साउन । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुनको भाउ यो अहिलेसम्मकै महँगो हो । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तेजावी सुन ९७ हजार ६० रुपैयामा कारोबार भएको थियो । आज चाँदीको भाउ प्रतितोला एक हजार २ सय ४५ रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ बढेको हो । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३८ अमेरिकी डलरमा कारोबार भएको भइरहेको छ। महासंघका अनुसार अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा सुनको मूल्य बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);