सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);