महान्यायाधिवक्ताको कार्यालयद्धारा रञ्जनकाे मुद्दामा पुनरावलोकन रिट दायर गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

महान्यायाधिवक्ताको कार्यालयद्धारा रञ्जनकाे मुद्दामा पुनरावलोकन रिट दायर गर्ने

ranjan

काठमाडौं, ८ साउन । पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट निवेदन दायर गर्ने भएको छ ।

सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सार्वोच्चमा रिट दायर गर्ने भएको हो। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले निवेदन तयार भइरहेको बताउनुभयो।

‘पुनरावलोकनको रिट निवेदन गर्ने भन्ने निर्णय भएको छ, निवेदन तयार गर्दैछौं र तयार भयो भने आजै, होइन भने भोलि दर्ता हुन्छ’, रेग्मीले  भन्नुभयो, ‘दर्ता गर्न ६० दिनको म्याद हुन्छ र असारको १५ गते फैसला भएकोले कानुनी हद म्याद जाने कुरा छैन।’

बिहीबार सावित्रा भुसाल नेतृत्वमा गएको अन्तर पार्टी महिला सञ्जालको टोलीसँग महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सर्वोच्चको फैसलारिुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताउनुभएको थियो।

सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो ।