अमेरिकाद्वारा चिनियाँ महावाणिज्यदूतावास बन्द गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

अमेरिकाद्वारा चिनियाँ महावाणिज्यदूतावास बन्द गर्ने चेतावनी

एजेन्सी, ७ साउन । अमेरिकाले टेक्सास राज्यको हटसनस्थित चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । अमेरिकाले अमेरिकी बौद्धिक सम्पत्तिको रक्ष गर्नका लागि भन्दै हटसनस्थित चिनियाँ महावाणिज्यदूतावास कार्यालय ७२ घण्टाभित्र बन्द गर्न आदेश दिएको बताएको छ ।

चीनले भने अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्याउने भन्दै विरोध गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच केही समयदेखि विभिन्न विषयमा गम्भीर विवाद हुदे आएको छ । पछिल्लो समय चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि अमेरिका बेइजिङसंग निकै चिढीएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गर्नुभएको छ । उहाँले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);